लमजुङमा खाेलाले बगाएर एकजना बालककाे मृत्यु

बेसीशहर । पाउँदी खोलाले बगाउँदा शुक्रबार लमजुङमा एक बालकको मृत्यु भएको छ । 

साथीहरूसंग पाउँदी खाेलामा पााैडी खेल्न गएका सुन्दरबजार ६  ऐसेलु चौरका १० बर्षका समर्पण परियारकाे खाेलाले बगाएर मृत्यु भएकाे हाे । सुन्दरबजार र तनहूँकाे मानेचाैका जाेड्ने माेटरेबल पुल मुनी शुक्रबार दिउँसो करिब २ बजेतिर बालकलाइ खाेलाले बगाइरहेकाे स्थानीयले देखेर उद्धार गरेका थिए ।

खाेलाबाट उनलाइ उद्धार गरिए पनि त्यतिबेलासम्म उनकाे मृत्यु भइसकेकाे स्थानीयले बताएका छन् ।

मृतक बालक सुन्दरबजारकाे वडा नंं ६ मा रहेकाे आदर्श प्राविमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी रहेकाे र विदाकाे समय पारेर खाेलामा पाैडी खेल्न जाँदा खाेलाले बगाएकाे इलाका प्रहरी कार्यालय सुन्दरबजारले जनाएकाे छ ।

प्रतिक्रिया