बेसीशहर । अविरल वर्षाका कारण शनिबार दिउसाेदेखि अबरूद्ध रहेकाे डुम्रे– बेसीसहर–चामे सडकखण्ड साेमबार दिउसाेबाट सुचारू भएकाे छ ।
अबिरल बर्षापछि बाढी र पहिराेले मनाङलाइ बाहिरी संसारसंग जाेड्ने एकमात्र सडक अबरूद्ध भएकाेमा आइतबार र साेमबारकाे लगातारकाे प्रयास पछि सडक सुचारू भएकाे । लगातारकाे बर्षाका कारण बेसीसहर नगरपालिका–६ मा पर्ने पुमा खाेला, चनाैटे, बेलाैती बिसाैना, खरखरे भिर, मर्स्याङदी गाउँपालिकामा पर्ने घोप्टेभिर, स्याँगे, रैंदु खोलालगाएतका स्थानमा पनि पहिराे झरेकाेमा आइतबार दिनभरकाे प्रयासमा सबै पहिराे हटाइ सडक खुलाइएकाेमा बर्षाका कारणा खरखरेभीरकाे पहिराे हटाउन सकिएकाे थिएन ।
साेमबार बर्षा राेकिएकाले खरखरे भीरकाे पहिराे हटाएर सडक खुलाइएकाे डुम्रे बेसीशहर चामे सडक याेजनाले जनाएकाे छ ।
14 Aug 2023