काठमाडौं । जिल्ला कारागार संखुवासभामा आज बिहान दुईजना कैदीको रहस्यमय तरिकाले मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षिय आकाश वलामी रहेका छन् ।
बलात्कार मुद्दामा कारागारमा थुनामा रहेका बिनोद तोलाङ्गी १८ वर्षकाे जेल सजायँ पाएर र आकाश चोरी मुद्दामा तीन वर्षका लागि संखुवासभा कारागारमा जेल सजाय भोगिरहेका थिए । दुवैजना राति १ बजे कारागारबाट भाग्न लागेकामा ड्युटीमा रहेका प्रहरीले थाह पाइ पुनः पक्राउ गरी उनीहरूलाइ कारागारभित्र राखिएकाेमा बिहान उनीहरूकाे मृत्यु भएकाे थियाे ।
कारागार प्रशासनका अनुसार बिहान बिहान ४ बजे कारागारभित्र हल्ला खल्ला भएकाे थियाे । के भयाे भनेर भित्र हेर्दा बलामी र ताेलाङ्गी अचेत अवस्थामा फेला परेका र उनीहरूलाइ उपचारका लागि तत्काल जिल्ला अस्पताल लगिएकाेमा बिहान ६ बजे मृत्यु भएको जिल्ला कारागारका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए ।
मृतक कैदीहरूकाे शव हाल जिल्ला अस्पतालकाे शवगृहमा राखिएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।