पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढ्याे, ग्याँसमै प्रतिसिलिण्डर २१५ रूपैयाँ बृद्धि

काठमाडौं । बडादशैंकाे मुखैमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएकाे छ । 

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातीबाट लागू हुने गरी मूल्यबृद्धि गरेकाे हाे । मूल्यबृद्धिसंगै खाना पकाउने ग्यासकाे मूल्य अब प्रतिसिलिण्डर २१५ रुपैयाँ बढेकाे छ । निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र  त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ मूल्य बढाएको छ ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार ११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य सीमावर्ती तराइ र पहाडी जिल्लाहरूमा फरक फरक प्रतिलिटिर १८२.५, १८४ ,१८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलको मूल्य ठाउँ अनुसार १७६.५, देखि १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया