गाेरखा । गएराती २ बजे गोरखामा जन्ती बाेकेकाे जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।
गाेरखाकाे शहिद लखन गाउँपालिका वडा नं. ३ पात्ले खोलामा भएको दुर्घटनामा परी १ जना महिला र ४ जना पुरुषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ ।
शहिद लखन गाउँपालिकाकाे वडा नं. ३ को सिलिङकोटबाट दुलही लिएर शहिद लखन गाउँपालिका–५ को ताक्लुङ तर्फ फर्कने क्रममा प्रदेश नम्बर ३–०१–०२३ च ४४२७ नम्बरको जन्ती बाेकेको जीप दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रनाउ लिलाराज लामिछानेले जानकारी दिए ।
दुर्घटनामा परी शहिद लखन गाउँपालिका–५ ताक्लुङ पोखरीडाडाँका १९ बर्षिय प्रविन थापा, २८ बर्षका बिरबहादुर थापा, १९ बर्ष का निरज थापा, १९ बर्ष की नविना थापा र ६४ बर्षिय धनबहादुर थापाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
जन्ती बाेकेकाे उक्त जीप कच्ची सडकबाट २५० मिटर तल खसेकाे थियाे ।
दुर्घटनामा परी अन्य १२ जना घाईते भएका छन् । घाईते मध्ये ९ जनाको आँबुखैरेनीमा उपचार भइरहेकाे छ । बाँकी ३ जनालाई थप उपचारको लागि भरतपुर पठाइएकाे छ ।
घाइतेहरूकाे नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना तथा स्थानियले उद्धार गरेका छन् ।