काठमाडौं । पहिराेले पुरिएर काठमाडौंको तारकेश्वरमा बाबु छाेरीकाे मृत्यु भएकाे छ ।
तारकेश्वर नगरपालिकाको चो गाउँमा गए राती पहिराेले घर पुर्दा स्थानीय गणेश तामाङ र उनकी छाेरीकाे मृत्यु भएकाे हाे । पहिराेमा पुरिएका गणेश तामाङकाे घटनास्थलमै र उनकी छाेरीकाे उपचारका क्रममा अस्पतालमा मृत्यु भएकाे हाे ।
पहिराेमा पुरिएर गणेशकी श्रीमति घाइते भएकी छन् । उनकाे शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । उनको खुट्टामा चोट लागेकाे र पहिराेमा परेका छोरा भने सकुशल रहेका प्रहरीले जनाएकाे छ ।
6 Aug 2023