बेसीशहर, पुस २० गते । साविक बिजेता सशस्त्र प्रहरीको एपिएफल क्लब र लाङदीदेवी युवा क्लव नाल्मा ३३ औ त्रिवेणी कपको फाइनलमा भिड्ने भएका छन् । १२ लाख पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी आमन्त्रित फुटबल प्रतियोगितको सोमबार हुने फाइनल प्रतियोगितामा लाङदीदेवी नाल्मासंग एपिएफले फाइनाल खेल खेल्न लागेको हो ।
आइतबार भएको सेमीफाइनल खेलमा लाङदीदेवीले चर्च ब्याइज युनाइटेडलाई शुन्यका विरुद्ध २ गालले पराजित गर्दै फाइनालको यात्रा तय गरेको छ । त्रिवेणी रंगशालामा भएको आइतबारको खेलमा लाङदीदेवीलाई जिताउन रोहन कार्की र आशिष गुरुङले एक–एक गोल गरे । खेलको ३६ औ मिनेटमा रोहनले टीमलाई सुरुवाती अग्रता दिए । खेलको दोस्रो हाफको इन्जुरी समयमा आशिषले थप १ गोल गर्दै लाङदी देवीलाई फाइनलमा पु¥याए । खेलमा लाङदीदेवीका आशिष गुरुङे म्यान अफ दि म्याच घोषित भई नगद १० हजार पुरस्कार पाए ।
प्रतियोगिताको फाइनल भिड्न तयार भएको एपिएफ क्लव मर्स्याङदी युथ क्लवलाई ट्राइब्रेकरमा हराउदै फाइनलमा प्रवेश गरेको हो । लमजुङ मर्स्याङदीलाई ट्राइब्रेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गर्दै एपिएफलले फाइनल यात्रा तय गरेको हो । शनिबारको खेलमा निर्धारित समयमा दुवै टीम १–१ गोलको बरावरीमा रोकिएपछि ट्राइबेकरमा पुगेको थियो । खेलको ४१ औं मिनेटमा मर्स्याङदीका ओलावले अफिजले टीमका लागि एक गोल गरी अग्रता दिलाएमा खेलको दोस्रो हाफको इन्जुरी समयमा एपीएफका मानवहादुर रानाले बराबरी गोल फर्काएपछि खेल ट्राइबेरमा पुगेको थियो ।
ट्राइबेकरमा लमजुङ मर्स्याङदीलाई ४–३ को नतिजा निकाल्दै एपिएफले फाइनल यात्रा तय गरेको हो । जीतसंगै प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भएका एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले १० हजार रुपैया पुरस्कार र ट्रफि जिते ।
पुस १२ देखि सुरु भएको ३३ औँ त्रिवेणी कप राष्ट्रिव्यापि फुलबल प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ, त्रिवेणी कप, पदक रप्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ६ लाख, पदक र प्रमाणपत्र पाउनेछ ।
खबरकुञ्ज